Friday, September 21, 2007

सन्युक्त राजिनामा चढायेको ।

श्रीनेपाली जनताहरू
नेपाल अधिराज्य,

मार्फत्,

नेपल सरकार, सिङ्दरबार,
काठ्मान्डौ, नेपाल

बिषय: सन्युक्त राजिनामा चढायेको ।

राजा को प्रत्यछ शासन बाट देशलाइ मुक्त गरी हामी आठैदलका नेताहरु ले सत्ता तथा सन्सद पुर्ण सम्हाल्दै आयेको कुरा यहाहरु लाई बिधितै छ । हाम्रा सरकारले देशमा राजनितिक स्थिरता बहाल गारी सम्पुर्ण रास्ट्रभरी शान्ती सुरक्छा प्रदानगर्ने प्रयासरत रहदा पनि नसकेको ले आफ्नो कार्यशैली तथा छम्ता प्रती नत्मस्तक हुदै हामी आठैदला का तर्फ्बाट छमा माग्न चाहन्छौ।

हामी ले आ-अफना गल्ती महसुस गरेका छौ र हामी अब उप्रान्त देश लाई नेतृत्व प्रदान गर्न सक्छम छैन भने कुरा अहिले को देशको परिस्थितिले पनि देखायेको छ र हामीले पनि अनुभब गरेकै बिसय हो तर केही बधयताले गर्दा हामी अहिले सम्म सरकार र देश को बाग्डोर सम्हलिरहे क छौ ।

यहाहरु सम्छ हामिले स्विकार्नु पर्ने कुरा के छ भने देश मा साम्प्रदायिक दङा फसाद्,राजनितिक गतिबिधी को नाम मा उदन्डता र ज्यादति,आतन्कबादी कृयाकलाप,लगातका सम्पुर्ण कुरा नियन्त्रन गर्न खोज्दा पनि सकेनौ,बिकृतिहरु पनि बढदै गयो ।यतिसम्म कि हामिले देश का नगरिकहरु लाई कतिपयठाउ र परिस्थितिमा राज्याको उप्स्थिती पनि देखाउन चाह्दा-चह्दै पनि नसकेको यहाहरुलाई बिधिबतै छ । अझ हाम्रो नेतृत्वमा देश झन अशान्तितिर गयेको मह्सुस बढन थालेको छ ।

यसर्थ, उप्रोक्त सबै कारन र परिस्थिती का साथसाथ हामी यो आठदलका सिरस्थनेताहरु शारिरिक र मानसिक रुपमा पनि कामजोर भयेको महुसुसगरि, देश को बिद्यमान सम्पुर्ण बिध्वन्सात्मक अबस्थाको नैतिक जिम्मेबारी लिदै, आज का मिती बाट आजिबन समपुर्ण राजनितिकपदहरु बाट यहाहरु सम्छ यो सन्युक्त राजिनामा चढायेका छौ । आशा छ, यहाहरु ले हाम्रो सम्पुर्ण त्रुटी र काम्जोरिहरु को छमागर्नु हुनेछ र आगमी नेतृत्वको लागी नया पुस्ता का आ-आफ्ना राज्नितिक निकाय को प्रतिनिधी छनौटगारी देश को शासन बेबस्था जिम्मा लगाउनेहुनेछ ।
धन्यबाद ।

तपाईहरुका एतिहासिक आज्ञाकारी राजनितिक सेवकहरु,,

गिरिजा प्रसद कोइरल, नेपाली काङ्रेस
माधव कुमार नेपाल , ने क पा(ए मा ले)
प्रचन्ड, ने क पा (माओबादि)
शेर बहादुर देउवा, नेपली काङ्रेस्, प्रजातान्त्रीक
अ्इक शेरचन, जनमोर्चा
आनन्दिदेवि सिङ्ह , सदभावना, आनन्दिदेवि
नारायन मान बिजुक्छे,मजदुर किसान पार्ट्री
सि पि मैनालि, बाममोर्चा
असोज ३ गते २०६४ साल

No comments:

FM radios of Nepal

Image FM 97.9

United States Institute of Peace

READ INFO SERIES /Nepal