Tuesday, October 30, 2007

सिडिओको गाडी गोबर बोक्छ

रुद्रप्रसाद भट्ट/नयाँ पत्रिकापोखरा,

तस्बिरमा देखिएको गाडी कास्कीका सिडिओ सा'पको हो । गाडीभित्र सिडिओ होइन, गोबर छ । गाडीभित्र गोबरग्याँस प्लान्ट छैन, महिन्द्रा बोलेरो त पेट्रोलले नै चल्छ । तैपनि, सरकारी गाडीमा गोबर भरेर सिडिओ सा'प काठमाडौं पठाउँदै थिए ।
भोलाप्रसाद शिवाकोटी कास्कीका प्रमुख जिल्ला अधिकारी हुन् । उनको समस्या के भने काठमाडौंमा पनि घर छ, घरमा गमला छन्, गमलामा फूल छन् । फूलमा हाल्न दुइ/तीन सयको मल किन्ने झमेला गरेनन् उनले, सरकारी गाडी छँदै छ, त्यसैले पोखराबाटै मल ढुवानी गरे ।
शिवाकोटीले पोखरास्थित सरकारी निवासमा गाई पालेका छन्, गाईको रेखदेख गर्ने सरकारी कर्मचारी छन् । त्यसैले सरकारी खर्चमा उत्पादन भएको मल बोक्न उनले सरकारी गाडी नै प्रयोग गरेका हुन् ।
दसैंमा काठमाडौं आएका शिवाकोटी यतै छन् । उनले काज मिलाएका छन् । उनी काठमाडौं आएको बेला देखे- गमलाका फूल ओइलाएका छन्, त्यसैले उनले पोखरा फोन गरेर आदेश दिए, 'गाईको मल लिएर काठमाडौं आउनू ।
' तर, शिवाकोटीको चाहना पूरा हुन पाएन । गोबर बोकेको बा.१झ ७६६९ नम्बरको गाडी सोमबार पोखरा पृथ्वीचोक आइपुग्दा पक्राउ पर्‍यो । स्थानीय किसानले गाडी रोके, गोबर बोकेको प्रमाणित गरेर प्रहरीलाई बुझाए । अहिले गाडी वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा छ, गोबरसहित ।
त्यसो त चालकले गाडी भगाउने प्रयास गरेका थिए, विमानस्थल हुँदै आएको गाडीलाई किसानले पहिले नै रोकेका थिए । तर, चालकले गाडी भगाएर उपमहानगरपालिकाको कार्यालयभित्र छिराए ।
त्यति झमेला भएपछि त गोबर फालेर फर्किएको भए पनि हुन्थ्यो, तर सिडिओ सा'पको आदेश थियो । त्यसैले एक घन्टापछि गाडी फर्कियो, त्यही बाटो । यसपालि भने किसानले गाडी उम्कन दिएनन् । सिडिओ निवास नजिकका बासिन्दाले खबर गरेपछि किसानले गाडीको पिछा गरेका हुन् ।

शिवाकोटी जनआन्दोलन दमन गरेको भनेर रायमाझी आयोगद्वारा दोषी ठहर्‍याइएका सिडिओ हुन् ।

5 comments:

Anonymous said...

CDO Ji, alikati laaj sharm chha bhane turunt raajinama dinus ta? laaj na bhayer marn na sakeko manchhe!

Anonymous said...

Bikash ji,
teti aatankit hunu parne jaruri chhian, hun sakchha CDO lai thaha na bhaikan wa uslai fasaun lai yo ghatna ghatayeko hun sakchha? yeso herau na investigation ko report ke aauchha? ki kaso saathi, khali jathabhabi gaali garer hunchha? gali nai garne bhaye neta lai gaarnus na jaabo gaadi ma gobar bokne lai kin ni?

Anonymous said...

This is very worst. CIAA should take immidiate action because ministry can not do any thing for their own staffs.

Anonymous said...

CDO le gaadi ma gobar na boker ke gars ta Bomb ki hatiyar Bokosh? yesto pedu mantri le chalayeko mantralya ma ke hunchha? je garyo thik garyo.

Anonymous said...

Good news,
Good C.D.O, he knows how to utilize waste things. He should be awarded a prize for using environment friendly and natural things.

But there is a question, If he dosen't want to left ;GOBAR: than imagine what happened to other goods and :...things: he saw and faced in his entire career.
But there is not a question for this C.D.O, however being as pure Nepali it is not so new. The thing is diretly related to moral attitude and social descipline.

First, It should be started by Top leader and then it is followed by rest others.
May be the Home minister has already orderded to his staff, 'Keta haru aba timi haru le pani gobar bharer lyauda khayal gara hai. tyo CDO le gobar aafu kaha matra laane rahechha, bballa thaha paaye. Aba maile janeko chhu tes lai ke garnu parchha.''
thanks
bye

FM radios of Nepal

Image FM 97.9

United States Institute of Peace

READ INFO SERIES /Nepal